दफा ४५
बालबालिकालाई हुने सजाय

(१) कानून बमोजिम कसूर ठहरिने कुनै काम गर्ने व्यक्तिको उमेर त्यस्तो काम गर्दाका बखत दश वर्ष पुगेको रहेनछ भनेनिजलाई कुनै सजाय हुने छैन ।
(२) दश वर्ष वा दश वर्षभन्दा माथि र चौध वर्षभन्दा कम उमेर भएको व्यक्तिले कानूनबमोजिम जरिबाना हुने कुनै कसूर गरेकोमा जरिबाना नगरी निजलाई सम्झाई बुझाई गर्नु पर्नेछ र कैद हुने कसूरगरेकोमा कसूर हेरी छ महिनासम्म कैद सजाय गर्न वा कैद नगरी बढीमा एक वर्षसम्म सुधार गृहमा राख्नसकिनेछ।
(३) चौध वर्ष वा चौध वर्षभन्दा माथि र सोर्ह वर्षभन्दा कम उमेरको व्यक्तिले कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको आधा सजाय हुनेछ ।
(४) सोह्र वर्ष वा सोह्र वर्षभन्दा माथि र अठार वर्षभन्दा कम उमेरको व्यक्तिले कुनै कसूर गरेमा निजलाई उमेर पुगेको व्यक्तिलाई कानून बमोजिम हुने सजायको दुई तिहाई सजायहुनेछ ।
(५) उपदफा (२), (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सोह्र वर्ष उमेर पूरा नभएकाबालबालिकालाई सजाय गर्दा जघन्य कसूर, गम्भीर कसूर वा पटके रुपमा कसूर गरेकोमा बाहेक कैदको सजाय गर्नुहुँदैन।